नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

भारत आन्ध्र प्रदेशको तटमा चक्रवात ‘मुरासु’ प्रवेश

भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ ।

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको नेल्लोर र नरसपुरबीच चक्रवात तटमा प्रवेश गरेको हो ।

चक्रवातका कारण तीव्र हावाहुरी र ठूलो पानी परेको छ । मुरासु चक्रवातको जोखिमलाई मध्यनजर गर्दै ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको छ ।

विशाखापट्टनमको ऋषिकोंडा तटमा चक्रवात मुरासुको प्रभावका कारण एउटा डुङ्गामा क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ । अधिकारीहरूले नेल्लोरमा पनि एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको र त्यसका यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको बताएका छन् । अवस्था सामान्य नभएसम्म कुनै पनि माझीलाई माछा मार्न समुन्द्रमा नजान सल्लाह छ ।

अर्नब चक्रवातको प्रभाव लगत्तै पछिल्लो चक्रवात मुरासुको प्रभाव देखिएको हो । एक हप्ताको अन्तरालमा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा दोस्रो चक्रवातले प्रभाव पारेको छ ।

प्रकाशित मिति:
थप विश्व