नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

अमेरिकामा आज मध्यावधि चुनाव

अमेरिकामा आज मध्यावधि (संसदीय) चुनाव हुँदैछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यसमयमा संसद् (कंग्रेस) को नियन्त्रण कुन दलको हातमा जाने भन्ने फैसला गर्नका लागि यो चुनाव हुन लागेको हो ।

यस चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्स अर्थात तल्लो सदनको सबै ४३५ सिटका लागि मतदान हुन गइरहेको छ । अमेरिकाका ३९ राज्य तथा क्षेत्रहरूमा नयाँ गभर्नर चयनका लागि चुनाव हुनेछ ।

अमेरिकी मध्यावधि चुनाव अघि नै भएका प्रारम्भिक मतदानमा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् ।

न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी प्रारम्भिक मतदानमा पछाडि परेको देखाएको छ ।

अमेरिकामा लाखौँ मतदाताहरूले ‘अर्ली भोटिङ’ अर्थात् प्रारम्भिक मतदानमार्फत यसअघि नै आफ्नो मत खसालिसकेका छन् ।

प्रकाशित मिति:
थप विश्व