नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

एनपीएल खेल्न डेभिड मिलर काठमाण्डौ आइपुगे

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज काठमाण्डौ आइपुगेका छन् ।

मिलर बिहान काठमाण्डौ आएको कर्णाली याक्सले जनाएको छ । तेस्रो संस्करणको एनपीएलको लागि कर्णालीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर मिलरलाई अनुबन्ध गरेको थियो ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् । एनपीएलमा आज बुधबार विश्राम दिन रहेको छ ।

कर्णालीले आफ्नो अर्को खेल पर्सि शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यो खेलमा मिलरले डेब्यू गर्ने कर्णाली याक्सले जनाएको छ ।

प्रकाशित मिति:
थप खेलकुद