नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

पेरिस मास्टर्समा खेल जित्ने सबैभन्दा पाका खेलाडी बने जाेकाेभिच

काठमाण्डाै – सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्समा खेल जित्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।

हिजो भएको पहिलो चरणमा मोनाकोका भ्यालेन्टिन भाचेरोटलाई ६–७(५), ७–५, ६–१ ले हराउँदै उनले एटीपी फाइनल्समा छनोट हुने सम्भावना कायमै राखेका छन् ।

३९ वर्षीय जोकोभिच कीर्तिमानी सात पटक पेरिस मास्टर्सको उपाधि जित्ने खेलाडी हुन् । उनले सन् २००९, २०१३, २०१४, २०१५, २०१९, २०२१ र २०२३ मा उपाधि जितेका छन् ।

जोकोभिचका लागि यो सिजन उतारचढावपूर्ण रहेको छ । उनी अस्ट्रेलियन ओपनको फाइनल र विम्बल्डनको सेमिफाइनलसम्म पुगे भने फ्रेन्च ओपनको तेस्रो चरण तथा यूएस ओपनको पहिलो चरणबाटै बाहिरिएका थिए ।

जोकोभिचले गएको महिना चाइना ओपनमा आफ्नो करियरको १०२औँ उपाधि जितेका थिए, तर शाङ्घाई र बासेलमा भने उनी शुरुआती चरणबाटै बाहिरिन पुगेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद