नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३
मन्त्रिपरिषद् निर्णय

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

काठमाण्डाै – सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।

यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो ।

कार्कीले गएको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति