नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

काठमाण्डाै – सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ ।

संसदीय समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डा. धर्मराज उप्रेतीले शव पहिचानमा त्रुटि हुन नदिन विशेष टोली गठन गरी काम अघि बढाइएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार शव भेटिएको अवस्था, शरीरका चिह्न तथा ‘एन्टिमोर्टम’ र ‘पोस्टमार्टम’ विवरण सङ्कलन गरेर पहिचानको काम भइरहेको छ ।

डीएनए परीक्षणलाई थप विश्वसनीय बनाउन विदेशबाट उपकरणसमेत ल्याइएको डा. उप्रेतीले बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीको प्रकृति असाधारण रहेकाले यहाँको पुनर्निर्माण भूकम्पपछिको भन्दा धेरै जटिल हुने उल्लेख गर्नुभयाे । तीव्र गतिका बाढीले ठूला ढुङ्गा र गेग्रान थुपार्दा पूर्वाधारमा ठूलो क्षति पुगेकाले अब पुनर्निर्माणका लागि विशेष योजना आवश्यक रहेको उप्रेतीकाे भनाइ छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज