नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

सिरिया र साउदी अरबबीच रक्षा सम्झौतामा हस्ताक्षर

सिरिया र साउदी अरबबीच रक्षा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिरियाका राष्ट्रपति अहमद अल–शारा र साउदी अरबका युवराज मोहम्मद बिन सलमानको उपस्थितिमा हस्ताक्षर भएको हो ।

यसमा रक्षा सहयोगसम्बन्धी सम्झौताका साथै सिरियाको ऊर्जा, आवास, स्वास्थ्य र पूर्वाधार क्षेत्रका लागि साउदी अरबले प्रदान गर्ने ४० करोड ३० लाख अमेरकी डलर अर्थात् झन्डै ६१ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग पनि समावेश रहेको समाचार संस्था अलजजीराले जनाएको छ ।

सिरियाका विदेशमन्त्री असद अल–शैबानीले साउदी अरब, टर्किए र पाकिस्तानबीचको पारस्परिक रक्षा सम्झौतामा सामेल हुने कि नहुने भन्ने विषयमा आफ्नो सरकारले विचार गरिरहेको बताएको केही दिनपछि यो सम्झौता भएको हो ।

यमनमा हुथी विद्रोहीहरूविरुद्ध पुनः शुरू भएको युद्धमा साउदी अरबले प्रतिरक्षात्मक र आक्रामक—दुवै प्रकारको सहयोगका लागि अमेरिका तथा युरोप र मध्यपूर्वका देशहरूसँग सहयोग मागेको छ । यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार पक्षधर फौजहरूसँग देशको नियन्त्रणका लागि लडिरहेको हुथी समूहले साउदी अरबका विमानस्थलहरू र तेलसम्बन्धी पूर्वाधारहरूमाथि आक्रमण गरेको छ ।

सिरियाली विदेश मन्त्रालयले रियादमा भएको वार्ताका क्रममा अल–शारा र राजकुमार मोहम्मदबीच पछिल्लो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व