नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसद्वारा सुकुण्डा र्‍याली आयोजना

काठमाण्डौ - नेपाली कांग्रेस काठमाण्डौ महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सहभागी हुनुहुन्थ्यो । 

नेपाल संवत‍्को नयाँ वर्षको स्वागत गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको कांग्रेसले जनाएको छ । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर काठमाण्डौ महानगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए  । सुकुण्डा नेवार समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक दीप हो । 

नेपाल संवत् नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत् हो। विशेष गरी नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । र्‍यालीमा कांग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो । 

आयोजकले र्‍यालीले नेपाल संवत‍्को ऐतिहासिक महत्त्वबारे नयाँ पुस्तालाई जानकारी दिनुका साथै मौलिक संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
थप राजनीति