नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको छ ।

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने अस्ति बुधवारको मन्त्रिपरिषद् निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै काम कारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै हिजो सर्वोच्चमा रिट लगिएको थियो । कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले पेश गरेको रिटमाथि छलफलपछि आज दर्ता भएको हो ।

आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानूनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गर्नुभएको छ । केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय तथा त्यसका आधारमा जारी भएका पत्र, पदस्थापन, पदबहाली र दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय तथा काम कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

याे रिटमा कात्तिक ३० गतेका लागि पेशी ताेकिएकाे छ । सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि मुद्दाको पेशी तोक्ने प्रचलन छ । तर भोलिदेखि बिहीवारसम्म तिहार बिदा परेको छ ।

प्रकाशित मिति:
थप राजनीति
म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा