नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी

काठमाण्डौ – संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ शुरु गरेको छ । सर्वोच्च अदालतका लागि प्रस्तावित ४ जना न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।

समितिको हिजो बसेको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशका लागि प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । बैठकमा प्राप्त उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।

उजुरीमा उठाइएका विषय, आरोप तथा प्रश्नबारे अध्ययन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ । समितिले उजुरीकर्ताहरूसँग आज छलफल गर्ने कार्यतालिका छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो । संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गरी समितिबाट नाम अनुमोदन हुनुपर्ने व्यवस्था छ ।

समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ । 

प्रकाशित मिति:
थप राजनीति
म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा