नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

सुर्खेतको बराहतालमा १४ थान अवैध भरुवा बन्दुक भेटिए

काठमाण्डौ – सुर्खेत पश्चिमको बराहताल गाउँपालिकाको ५ र ७ वडाको जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक भेटिएका छन् ।

बराहाताल गाउँपालिका–५ साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

वनमा खोजी गर्दा झाडीभित्र लुकाइ राखेको अवस्थामा ६ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा–७ स्याउले पानीडाँडा सामुदायिक वनमा प्रहरी निरीक्षक शाही नेतृत्वकै टोली पुगेको थियो । टोलीले ८ थान अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको सूचना अधिकारी बोहोराले बताउनुभयो ।

भेटिएका १४ थान अवैध भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज