नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली भएका छन् ।

उज्यालोको पर्व तिहार झिलिमिली बत्ती र फूलको पर्व मानिन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ ।

विशेषगरी लक्ष्मी पूजाको अवसरमा झिलीमिली पार्ने गरिएको छ । अनि फूल र मालाले सिंगारिन्छ । लक्ष्मीपूजाको दिन बेलुका र रातमा हरेक घर तथा प्रतिष्ठान उज्यालो हुन्छन् । परम्परागत दियो बाल्ने चलन भने विस्तारै हराउँदै गएको छ ।

आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । यमपञ्चक लागेसँगै शहर, बजार झिलीमिली बनेका हुन् । झिलीमिलीको यो क्रम छठ पर्वसम्म नै हुन्छ । आज बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी नरक चतुर्दशी पर्व मनाइएको छ ।

आजै कुकुरको पूजा गरी मीठामिठा खाने कुरा खान दिइँदैछ । आज बेलुकापछि औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना बेलुका गरिँदैछ । यस वर्ष अस्ति कात्तिक २० गते शुक्रबार बेलुकादेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको हो ।

दोस्रो दिन हिजो काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइएको थियो । 
 

प्रकाशित मिति:
थप समाज