नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

नेपालले जित्यो यू–१९ महिला टी–२० शृङ्खलाको उपाधि

काठमाण्डौ – चीनमा जारी यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलाको उपाधि नेपालले जितेको छ ।

नेपाल र हङकङबीच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको भएसँगै नेपालले उपाधि जितेको हो । नेपालले यसअघि थाइल्यान्ड र चीनलाई दुई/दुई पटक तथा हङकङलाई एक पटक पराजित गरेको थियो ।

चार टोली सहभागी प्रतियोगितामा नेपालले लगातार चार खेल जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो । नेपालले चीनमा गरेको प्रदर्शन आगामी वर्ष आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

सन् २०२७ जनवरी १२ देखि फेब्रुअरी ८ सम्म यू–१९ महिला विश्वकप प्रतियोगिता हुँदैछ ।  

प्रकाशित मिति:
थप खेलकुद