नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

चितवनको मुग्लिन नजिकै घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाउने काम चल्दै

काठमाण्डौ - चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने काम भइरहेको छ । 

पहिरो पन्छाउन सडकको दुवैतर्फबाट उपकरणसहित काम भइरहेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार पहिरोले सडक आज बिहानैदेखि दुवैतर्फ अवरुद्ध छ । त्यसअघि हिजो पनि पहिरो खसेको थियो तर लगत्तै सफा गरी खुलाएको भए पनि फेरि आज बिहान पहिरो खसेको हो । 

पहिरोका कारण मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी रोकिएका छन् । तिहार मनाउन आउजाउ गर्ने तथा अन्य यात्रु प्रभावित भएका छन् । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप पहिरो नझरेमा दिउँसो १ बजेसम्म सडक खुल्नेछ । 

घोप्टेभिरमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले पहिरो पन्छाउन ढिलाइ भएको उहाँको भनाइ छ । 

प्रकाशित मिति:
थप समाज