नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत, भैलो खेल्न शुरु

काठमाण्डौ – तिहारको अवसरमा हिजो बेलुका संघिय राजधानी काठमाण्डौसहित देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका ठाउँमा सरसफाइ गरी दीपावली गरिएको हो ।

सफा सुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा हिजो बिहानदेखि घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी बेलुका दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको हो ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ ।

हिजो बेलुकादेखि नै घरघरमा भैलो खेल्न शुरु भएको छ ।

प्रकाशित मिति:
थप समाज