नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

दैलेखमा छिमेकीको आक्रमणबाट एक जनाको ज्यान गयो, चार जना घाइते

काठमाण्डौ - दैलेखमा छिमेकीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । 

ठाँटीकाँध गाउँपालिका वडा नम्बर ४ धनकोटमा बिहान ५ बजेतिर झण्डै  ३७ वर्षका बमबहादुर रावत छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार हँसिया प्रहारबाट ४५ वर्षीया बिमा मगरको ज्यान गएको छ । घटनामा घाइते भएका २५ वर्षकी महेसरा पुन, २० वर्षकी लक्ष्मी पुन, २३ वर्षकी तिला पुन मगर र एक तीन महिने शिशुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

आक्रमण गर्ने रावतलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रकाशित मिति:
थप समाज