नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

बाँकेको कोरियनपुरमा दुई वटा बिजुली पसलमा आगलागी

काठमाण्डौ - बाँकेको नेपालगञ्ज बजारसँग जोडिएको जानकी गाउँपालिका–३ कोरियनपुरमा दुई वटा बिजुली पसलमा हिजो लक्ष्मीपूजाका दिन आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरकाअनुसार जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी हुँदा झण्डै तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

चार वटा दमकल प्रयोग गरी आगो निभाइएको थियो । प्रहरी उपरीक्षक राठौरकाअनुसार आगलागीबाट पसलमा रहेका विद्युतीय सामान नष्ट भएका छन् । 

प्रकाशित मिति:
थप समाज