नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

कोप ३१ मा नेपाल पेभिलियन उद्घाटन

काठमाण्डाै – टर्किएको अन्ताल्यामा आजदेखि शुरू भएको विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालले हिमाली सङ्कट सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल पेभिलियनको उद्घाटन गर्दै जलवायु न्याय र नोक्सानी कोषमा सहज पहुँचको माग गर्नुभयो ।

हिमनदी पग्लेर तल्लो तटीय क्षेत्रमा विपद्को जोखिम बढेको भन्दै उहाँले भर्खरै भोटेकोशीमा भएको विनाशलाई हिमालयन सुनामीको संज्ञा दिनुभयो । हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि नेपालले असमानुपातिक क्षति बेहोर्नुपरेकाले अन्तर्राष्ट्रिय वित्तीय सहयोग पाउनुपर्नेमा मन्त्री खनालले जोड छ ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र प्रतिनिधिसभा सदस्य सागर ढकालको पनि उपस्थिति थियो ।

नोभेम्बर २० तारिख सम्म चल्ने सम्मेलनमा नेपाल र भूटानले हिमाली क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको असरबारे संयुक्त प्रस्ताव अघि सारेका छन् । नेपालले हिमाली जोखिमलाई विश्व जलवायु वार्ताको छुट्टै औपचारिक एजेन्डा बनाउन निरन्तर प्रयास गरिरहेको छ ।

प्रकाशित मिति:
थप राजनीति