नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

मौलिक पर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ ।

आजदेखि शुरु भएको नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले यी मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र यो हाम्रा लागि गौरवको विषय भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका नागरिकलाई ऋणमुक्त पारेर शुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समय चक्र र पहिचान भएको प्रधानमन्त्री शाहको भनाइ छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताउनुभएको छ ।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देशमार्फत उहाँले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई सुदृढ बनाउँदै लगेका उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति:
थप राजनीति