नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा यसपालि तिहार खल्लो

काठमाण्डौ - गएको भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट धनजनको क्षति बेहोरेका क्षेत्रमा यसपालि तिहार खल्लो भएको छ । 

दशैँ उत्साहविहीन भएकोमा तिहार पनि खल्लो नै भएको छ । बाढीपछि यस वर्ष मुख्य चाडपर्वमा कुनै उत्साह नभएको बाढी प्रभावितले बताएका छन् । प्रभावितहरू गाँसबास र अरू दैनिक समस्या नै प्रमुख भएकाले यसपालि चाडपर्वको उमङ्गले आफूहरूलाई छुन नसकेको दुखेसो गर्छन् ।

विनाशकारी भोटेकोशी–त्रिशूली बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला विशेष प्रभावित भएका छन् । कतिपय कोठा भाडामा लिएर बस्दै आएका छन् । 

कोही अस्थायी शिविरमा त्रिपालमुनि छन् । आफन्त तथा घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिई बस्दै आएका उनीहरू पुनर्निर्माण तथा पुन: स्थापनमा सरकारको ढिलासुस्तीले चिन्तामा छन् । 

जीवनभरि कमाएको सम्पत्ति र जीविकोपार्जन गर्ने व्यवसाय गुमाएकाहरू अब के गर्ने अन्योलमा छन् । शोकमा रहेकाहरूलाई चाडपर्व खल्लो र नीरस भएको छ । 

प्रकाशित मिति:
थप समाज