नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

काठमाण्डाै – नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । विदुर नगरपालिका वडा नम्बर ९ खड्कथोकको सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मोटरसाइकलमा रहेका तीन जनाकै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धादिङकाे खनियाबास गाउँपालिका–५ घर भई नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया बिन्दा थापामगर र २७ वर्षीया सुनिता थापा मगरको ज्यान गएको हो ।

आज बिहान ११ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा ज्यान गएको हो ।

प्रकाशित मिति:
थप समाज