नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

घोप्टेभीरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नम्बर ४ घोप्टेभीरमा झरेको पहिरो पन्छाएपछि सडक खुलेको छ ।

सुक्खा पहिरोले बिहान ५ बजेदेखि नै पूर्णरूपमा अवरुद्ध बनेको सडक दिउँसोपछि खुलाएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बिहानैदेखि राजमार्गमा गाडीको लामो लाइन लागेको थियो । अहिले दुईतर्फ नै गाडी सञ्चालनमा आएको छ ।

यसअघि हिजो पनि पहिरो खसेको थियो । बारम्बार पहिरोका कारण राजमार्ग हुँदै यात्रा गर्नेहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति:
थप समाज