नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

भारतले १०० रन पनि बनाउन सकेन, न्युजिल्यान्ड ठूलाे अन्तरले विजयी

काठमाण्डाै – चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डले भारतलाई २४४ रनले हराएको छ । न्युजिल्यान्डले दिएको ३३४ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर ४ बलमा ८९ रन बनाउँदा सबै विकेट गुमायो । भारतका ईशान किशनले सबैभन्दा धेरै २७ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले ६ विकेट लिए । हेनरीले खेलको पहिलो ओभरमै रोहित शर्मा, विराट कोहली र कप्तान श्रेयस अय्यरको विकेट लिए । भारतका तीन प्रमुख ब्याटर शून्यमा आउट भए । यसअघि माउन्ट माउन्गानुईमा रहेको बे ओभलमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर ३३३ रन बनाएको थियो । न्युजिल्यान्डका विल योङले १२५, टिम साइफर्टले ५८ रन बनाए । भारतका आकिब नबी, गुर्नुर ब्रार र अक्षर पटेलले २÷२ विकेट लिए । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि छ । शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद