नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

म्यानचेस्टर युनाइटेड ‘रेलिगेशन जाेन’ मा रहेका बेला प्रशिक्षक बर्खास्त

काठमाण्डाै – इङ्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक माइकल क्यारिकलाई पदबाट बर्खास्त गरेको छ । क्लबले आज विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको छ ।

विश्व फुटबलको दिग्गज क्लब अहिले निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ र लिग तालिकामा ‘रेलिगेशन जोन’ अर्थात् तल्लो श्रेणीमा झर्ने जोखिमपूर्ण क्षेत्रमा पुगेको छ । युनाइटेड अहिले १० खेलमा ८ अङ्कसहित तालिकाको १८औँ स्थानमा छ ।

युनाइटेडले ४० वर्षयताकै सबैभन्दा खराब शुरुआत गरेपछि क्यारिकको बहिर्गमन झन्डै निश्चित भइसकेको थियो । क्लबले सकेसम्म चाँडो स्थायी प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

गएको जनवरीमा प्रशिकको जिम्मेवारी सम्हालेका क्यारिकले क्लबलाई तेस्रो स्थानमा पुर्‍याएका थिए । त्यसपछि उनले दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यसैबीच १३ पटक प्रिमियर लिगको उपाधि जितेको युनाइटेडको नाम अमेरिकी पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक माउरिसियो पोचेटिनोसँग जोडिएर व्यापक रूपमा चर्चामा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद