नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

एनपीएल : कर्णालीले दियाे चितवनलाई १५४ रनकाे लक्ष्य

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । कर्णालीका हुसैन तलतले नटआउट ५१, आरिफुल इस्लामले ३५ रन बनाए । चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले २/२ विकेट लिए ।

चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफबाट बाहिरिइसकेको छ । चितवन ६ खेलमा ७ अङ्कसहित चौथो र कर्णाली ६ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।

एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज बेलुकी ५ बजे काठमाण्डौ गोर्खाज र पोखरा एभेन्जर्स खेल्दैछन् ।

काठमाण्डौ गोर्खाज प्लेअफमा पुगिसकेको छ भने पोखरा प्लेअफबाट बाहिरिइसकेको छ । काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तेस्रो र पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।

यसअघि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेका छन् । लिग चरणको अन्तिम खेलपछि लुम्बिनीसँग क्वालिफायर खेल्ने र चितवनसँग एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद