नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्दै

काठमाण्डौ – चाडपर्वको बिदा र पर्यटकीय याम शुरु भएसँगै तनहुँको बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेपछि बन्दीपुरका झण्डै ८० होटल र चार होमस्टे भरिभराउ भएका छन् ।

झण्डै एक हजार ४०० जनालाई बास बसाउने क्षमता भए पनि पानीको समस्याका कारण सबै पर्यटकलाई व्यवस्थापन गर्न कठिन भएको व्यवसायीले बताएका छन् ।

कोठा नपाएपछि केही पर्यटक नजिकैको डुम्रेसम्म पुग्नुपर्ने अवस्था छ । यस्तै, भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क र खोटेहाङ गाउँपालिकाको सहकार्यमा पदमार्ग, प्रवेशद्वार र विश्रामस्थल निर्माण गरिएपछि पर्यटकको आवागमन बढेको हो । 
 

प्रकाशित मिति:
थप समाज