नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक /दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । 

तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ ।  

प्रकाशित मिति:
थप समाज