नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

मुगुमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २ जना घाइते

काठमाण्डौ  – मुगुमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ गुडिरहेको जीप छायानाथ रारा नगरपालिका–टोप्लामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरकी ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय जिप चालक कञ्चन थापा घाइते भएका छन् । जीपमा चालकसहित पाँच जना सवार थिए ।  

प्रकाशित मिति:
थप समाज