नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

उदयपुरमा रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

काठमाण्डौ – उच्च गुणस्तर र विशिष्ट बास्नाका लागि चिनिने उदयपुरको रैथाने बासमती धानखेती लोप हुने अवस्थामा पुगेको छ । त्रियुगा नदी किनारमा हुने स्थानीय बासमती, कालो बासमती र चनमचुर धानको खेती पछिल्लो समय घट्दै गएको हो ।

कम उत्पादन, बढी मेहनत, सिँचाइको अभाव र रोगकिराको प्रकोपले कृषकहरू यो खेतीबाट टाढिँदैछन् । बजारमा आयातित र कृत्रिम बास्ना मिसाइएका चामलको अत्यधिक माग बढेपछि रैथाने पहिचान थप संकटमा परेको स्थानीय कृषकहरूको गुनासो छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जलवायु परिवर्तनका कारण खोलानाला सुक्नु र कम्पोस्ट मलको कमीले पनि उत्पादन घटाइरहेको छ ।

यदि समयमै सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका कार्यक्रम ल्याइएन भने उदयपुरको मौलिक रैथाने बासमतीको पहिचान इतिहासमा सीमित बन्ने जोखिम बढेको छ ।

प्रकाशित मिति:
थप समाज