नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

४६ वर्षको उमेरमा मैदानमा फर्किए रोनाल्डिन्हो

काठमाण्डाै – ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा मैदानमा फर्किएका छन् ।

रोनाल्डिन्होले हिजो इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाका लागि खेल खेलेका हुन् । राभेन्नाले त्यो खेल २–० ले जित्यो । राभेन्नाको जीतमा ज्युलियो डोनाटी र सिमोन रब्बीले गोल गरे ।

रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सेका लागि आफ्नो अन्तिम खेलेपछि फुटबलबाट सन्न्यास लिएका थिए ।

रोनाल्डिन्हो गएको अगस्ट महिनामा लगानीकर्ताका रूपमा राभेन्ना क्लबमा आबद्ध भएका थिए । अहिले उनी त्यही क्लबका लागि खेल्न फर्किएका छन् ।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलले फिफा विश्वकप र सन् २००६ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा टोलीको सदस्य थिए । उनले बार्सिलोना र एसी मिलानसँग लिग उपाधिहरू पनि जितेका छन् ।

सन् २००५ मा रोनाल्डिन्होले ‘बालोन डी’ओर’ र ‘फिफा वर्ल्ड प्लेयर अफ द इयर’ पुरस्कार प्राप्त गरे । आफ्नो व्यावसायिक खेल जीवनको दौरान उनले कुल २९९ गोल गरेका छन् ।

रोनाल्डिन्होले बार्सिलोना बाहेक पेरिस सेन्ट जर्मेइन (पीएसजी), ग्रेमियो, फ्लेमिङ्गो, एट्लेटिको मिनेइरोबाट पनि खेलेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद