नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

बझाङमा अटाेरिक्सा दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

बझाङ – बुङ्गल नगरपालिका–१० टुमेडामा अटोरिक्सा दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार जना पुगेकाे छ ।

दुर्घटनापछि अवस्था थाहा नभएका बुङ्गल नगरपालिका–१० का बालक रियास महराकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिनुभयो । यसअघि बुङ्गल–१० की राजमति महरा, तारा महरा, डल्ली महराकाे ज्यान गएकाे थियाे ।

आज बिहान साढे १० बजेतिर टुमेडा गाउँबाट वडा–११ मा रहेको बजारका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट झन्डै ९०० मिटर तल भीरमा खसेर दुर्घटना प्रहरीले जनाएकाे छ ।

अटोरिक्साका चालक बुङ्गल–११ का टेकबहादुर पातलीलाई प्रहरीले पक्राउ गरेकाे छ । अटोमा रहेका विक्रम महरा सकुशल रहेका छन् ।

प्रकाशित मिति:
थप समाज