नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाण्डौ – आज राष्ट्रिय कर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले कर केवल राज्य सञ्चालनको स्रोत जुटाउने माध्यम मात्र नभइ सामाजिक न्याय, विकास पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार रहेको बताउनुभएको छ ।

उहाँले वस्तु तथा सेवाको खरिद बिक्रीमा बिल लिने दिने प्रक्रियालाई प्रोत्साहन गर्न सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभएको छ ।

यस्तै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर दिवसले समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।  

प्रकाशित मिति:
थप अर्थ