नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ ज्याला पाउने मन्त्रीको घोषणा

काठमाण्डौ – भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले विकास निर्माणका कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।

हिजो बिहीवार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कार्यक्रममा उहाँले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अरु प्रदेशको तुलनामा मधेशमा बढी बजेट विनियोजन गरिएको बताउनुभयो ।

सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको भन्दै उहाँले यही मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ कमाउने घोषणा पनि गर्नुभयो ।

अहिले बेच्ला चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको भन्दै उहाँले सरकारले श्रमिकको पारिश्रमिक बढाएकाले त्यसबाट मधेशका श्रमिक बढी लाभान्वित हुने दाबी पनि गर्नुभयो ।

माटो, बालुवा, गिट्टी, सिमेन्ट लगायतका सामग्री खन्ने, उठाउने, सार्ने वा मिलाउने काममा बेल्चा अर्थात साबेल प्रयोग गरेर शारीरिक श्रम गर्नेहरुलाई सामान्यतया ज्यामी वा अदक्ष/अर्धदक्ष निर्माण श्रमिकको श्रेणीमा राखिन्छ । 

प्रकाशित मिति:
थप समाज