नेभिगेशन
शुक्रबार, मंसिर ४, २०८३

घोप्टेभीरमा सुक्खा पहिरो हटाएपछि गाडी दुईतर्फी नै सञ्चालनमा

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा हिजो दिउँसो खसेको सुक्खा पहिरो हटाएपछि दुईतर्फी नै गाडी चलिरहेका छन् ।

मुग्लिन प्रहरीका अनुसार हिजो दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो खसेपछि केहीबेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर बेलुका ५ बजेदेखि नै गाडी चल्न थालेका मुग्लिन प्रहरीले जनाएको छ  ।

सुक्खा पहिरोका कारण घोप्टेभीर खण्डमा पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज