नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

भारत ‘ए’ सँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्दै

काठमाण्डाै – एशिया कप राइजिङ स्टार्स प्रतियाेगिताअन्तर्गत भारत ‘ए’ सँगकाे खेलमा नेपालले टस जितेकाे छ ।

कतारको दोहामा रहेकाे वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ राेजेका छन् । अहिले भारत ‘ए’ ले ब्याटिङ गरिरहेकाे छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कप राइजिङ स्टार्समा स्थान बनाएको हो ।

५० ओभरकाे प्रतियोगितामा ८ वटा टाेलीकाे सहभागिता रहेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । याे समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेका कारण रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।

प्रकाशित मिति:
थप खेलकुद