नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाण्डौ – भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

हिजो बेलुकी नयाँ दिल्लीको ताज होटलमा भएको भेटमा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको छ । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले भारतले नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत उहाँले नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अरु कार्यक्रमको प्रतीक्षामा रहेको पनि उल्लेख गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शाहको भेट आज हुँदैछ । प्रधानमन्त्री शाह दुई दिने भ्रमणका लागि हिजो नयाँदिल्ली जानुभएको हो । 

प्रकाशित मिति:
थप राजनीति