नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान

काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीहरुलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा दिल्लीमा रहनुभएका अर्थमन्त्री वाग्लेले भारतीय उद्योग परिसङ्घ (सीआइआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो ।

अर्थमन्त्री डा वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

डा वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको स्पष्ट पार्नुभयो । उहाँले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताउनुभयो ।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद, सीआइआई अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष डा विक्रमजित सिंह साहनी लगायतले सम्बोधन गर्नुभएको थियो । 

प्रकाशित मिति:
थप राजनीति