नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

२०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित

काठमाण्डाै – गएको आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गएको वर्ष घटेको हो ।

गएको वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४.५ प्रतिशत रहेको छ । यस्तै उद्योगको १३.७ र सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहेको छ । सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ०.९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ ।

प्रादेशिक रूपमा जीडीपीमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७१ र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गएको आर्थिक वर्ष प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ भने औद्योगिक क्षेत्रको औसत क्षमता उपयोग पनि ४८.१३ प्रतिशतमा सीमित भएको छ ।

वैदेशिक व्यापारतर्फ निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च देखिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ र कर्जा प्रवाह ६.५५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:
थप अर्थ