नेभिगेशन
बिहीबार, मंसिर १०, २०८३

सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – केही दिनदेखि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ  ।

हिजो सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज  चाँदीको भाउ पनि बढेको छ ।

चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजो तोलाको ३ हजार ४० रुपैयाँ थियो ।

यसअघि लगातार १० दिनसम्म घटेको सुनको भाउमा फेरि उतारचढाव देखिन थालेको हो ।

प्रकाशित मिति:
थप अर्थ