नेभिगेशन
बिहीबार, असोज २९, २०८३

बलात्कार मुद्दामा पल शाहलाई सफाइ, बाल याैन दुरुपयाेग मुद्दामा साढे २ वर्षकाे कैद र २५ हजार रुपैयाँ जरिबाना

नवलपुर – जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ । 

आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाएको जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।  

यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनुभयाे । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गाेपनीयता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएकाे छ । 

गएकाे चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएकाे थियाे । पीडितकाे बाबुले दायर गरेकाे जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएकाे थियाे । त्यही मुद्दामा आज अदालतकाे फैसला आएकाे हाे । 

प्रकाशित मिति:
थप समाज