नेभिगेशन
बिहीबार, असोज २९, २०८३

ढुवानीबापतकाे भुक्तानी नपाएकाे भन्दै होङ्सी सिमेन्ट कारखानामा कार्यरत व्यवसायीकाे प्रदर्शन

नवलपरासी - नवलपरासी पूर्व नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा भुक्तानी नपाएको भन्दै व्यवसायीले आन्दोलित भएका छन् । उद्योगमा ढुवानीको काम गर्ने व्यवसायीले तीन महिनादेखि आफूहरुले पाउनु पर्ने  रकम भुक्तानी पाउन नसकेको भन्दै आज उद्योग अघि टायर बालेर प्रदर्शन गरेका हुन् ।

स्थानीयसहित व्यवसायीले उद्योग परिसरअघि प्रदर्शन गरी उद्योगका सबै ढुवानीको काम रोकेका छन् । अत्यावश्यक बाहेक सबै ढुवानीका काम रोकेर आफूहरु आन्दोलित भएको व्यवसायी यादव पौडेलले बताउनुभयो ।

उहाँका अनुसार करिब तीन महिनादेखि उद्योगले भुक्तानी गर्नुपर्ने रकम नदिँदा व्यवसायी समस्यामा परेका छन् । ‘बै‌ंकहरुले किस्ता नतिरेको भनेर ताकेता गरेकाे छ, चिट्ठी काटी  तनाव दिइरहेको छ’ पौडेलले भन्नुभयो 'तर उद्योगले भुक्तानीका लागि आलटाल गरिरहेको छ ।

उद्योगमा आवश्यक खाद्यान्न पुर्याउने, ढुवानीका काम गर्नेदेखि होटल व्यवसायीको उधारो बाँकी रकम भुक्तानी नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

स्थापनाकाे समयमा वरपरको वातावरणीय स्वास्थ्य प्रतिकूल हुन नदिने, स्वास्थ्य, कृषिका क्षेत्रमा आवश्यक लगानी गरी सुविधा दिने लगायत विषयमा सहमति भएकाे भए पनि  अहिले त्यसप्रति उद्योग प्रशासन गम्भीर नबनेको पौडेलकाे भनाइ छ । 

प्रकाशित मिति:
थप समाज