नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

पुल भासिँदा पृथ्वी राजमार्गमा गाडी आउजाउ बन्द

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पुल भासिँदा गाडीको आउजाउ बन्द भएको छ । धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा राजमार्गमा गाडी रोकिएका हुन् ।

आज साेमवार दिउँसो पानी परेपछि सुरुमा पुलको धुनीबेसीपट्टिको भाग भासिएको थियो । केही समय एकतर्फी गाडी चलेकोमा दिउँसो ४ बजेपछि पूरै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो ।

राजमार्ग बन्द भएपछि साना गाडीले कच्ची सडक प्रयोग गरिरहेका छन् भने ठूला गाडीका लागि सडक मर्मत गरेर मात्र सञ्चालन गर्न सकिने जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । यस्तै सहजताअनुसार हेटौँडा–काठमाण्डौ र काठण्माडौ–नुवाकोट–गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
थप समाज