नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ ।

१० जना घाइतेको गजुरी अस्पतालमा उपचार भैरहेको छ ।

उद्धारको काम भैरहेको र विस्तृत विवरण आउन बाँकी रहेको गजुरी प्रहरीले जनाएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः३० बजेतिर गजुरी र मलेखुको बीचमा पर्ने छहरा भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको हो ।

प्रकाशित मिति:
थप समाज