नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

धादिङ - ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान  ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि आफन्तले सडक बन्द गरेका थिए ।

दुर्घटनामा बागेश्वरी मावि मलेखुमा कक्षा ८ को कोचिङ कक्षा पढ्न जाँदै गरेका सिद्धलेक गाउँपालिका वडा नम्बर  ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको हो ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित मिति:
थप समाज