घनश्याम खड्का

प्रश्नः सोध्नुहुन्छ, मेरोे दाइ मलेसिया आउन लाग्नु भएको छ तर पासपोर्टको म्याद १६ महिनाको छ । के अहिले नयाँ पासपोर्ट बनाउन मिल्छ होला ? यता आएपछि दुईवर्षसम्म फर्किंन मिल्दैन । के गर्दा उपयुक्त होला ?


 

उत्तरः घनश्याम जी, हामीले तपाईँको जिज्ञासा राहदानी विभागका नायवसुब्बा विपिन चन्द समक्ष राखेको थियौं । उहाँका अनुसार, यदि तपाईँको दाइ नेपालबाट मलेसिया जाँदै हुनुहुन्छ भने सर्वप्रथम त पासपोर्टको म्याद दुई वर्षको हुनैपर्छ । यदि पासपोर्टको म्याद दुई वर्ष बाँकी छैन भने मलेसिया जानका लागि श्रम कार्यालयबाट श्रम स्वीकृति नै पाइदैन । यस्तो अवस्थामा नयाँ पासपोर्ट लिन पाइन्छ । राहदानी विभागमा १० हजार रुपैयाँ तिरेर एक दिनमै नयाँ पासपोर्ट नविकरण गर्न सकिन्छ भने् त्यो भन्दा सस्तो शुल्कमा गर्न केही दिन कुर्नुपर्छ । त्यसको लागि नागरिकताको फोटोकपी र पुरानो पासपोर्ट चाहिन्छ । नविकरणपछि पासपोर्टको म्याद १० वर्ष थपिन्छ । तर व्यक्ति आफैं मलेसियामा भएको अवस्थामा पासपोर्टको म्याद सकियो भने मलेसियामा रहेको नेपाली दूतावासमा गएर पासपोर्ट नविकरणका लागि आवेदन दिन सकिन्छ । त्यहीबाट नयाँ पासपोर्ट पाइन्छ ।