कृष्णबहादुर चौधरी / मलेसिया 

प्रश्नः म कम्पनीबाट भिसा क्यान्सिल गरेर घर जाने तयारीमा बसेको छु । अहिले काम पनि छैन, तलब पनि छैन । मलाई जतिसक्यो छिटो घर जान सहजीकरण गरिदिनु पर्‍यो । 


 

उत्तरः कृष्णबहादुर जी, मलेसियामा नेपाली दूतावास छ । त्यहाँ तपाईँले आफ्नो समस्या र घर फर्कनुपर्ने कारणसहित विवरण भर्नुहोस् । तपाईँलाई दूतावासले नै स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन्छ । मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । फेसबुकमा गएर नेपाली दूतावास इन मलेसिया सर्च गर्दा दूतावासको प्रोफाइल भेटिन्छ । त्यहाँ घर फर्कने फारमको लिंक उपलब्ध छ । साथै तपाईँले आफ्नो समस्या श्रम मन्त्रालयको कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर पनि राख्न सक्नुहुन्छ । कल सेन्टरले तपाईँले राखेका प्रश्न  र जिज्ञासाको समाधान विभिन्न सम्बन्धित निकायसँग समन्वय गरेर गर्नेछ ।