एस के बुढा / रोल्पा

प्रश्न :  म अहिले ४५ बर्षको भएँ। रोजगारीका लागि विदेश जाने सोच बनाएको छु। वैदेशिक रोजगारीमा जान उमेर हद कति छ ?  यदी सक्छु भने कुन देश जान सक्छु ?


 

उत्तर : नियम अनुसार पहिलो पटक वैदेशिक रोजगारीका लागि जानेका लागि बढिमा ३९ वर्ष उमेर तोकिएको छ। त्यसैले तपाईं पहिलो पटक विदेश जाँदै हुनुहुन्छ भने विदेश जानसक्ने सम्भावना थोरै छ। यदि तपाईं पहिले पनि रोजगारीका लागि विदेश गएर फर्कनु भएको हो भने पहिले तपाईंले काम गरेको आधारमा त्यहि कामका लागि जान पाउनुहुन्छ। त्यसका लागि सरकारले स्वीकृति दिएको म्यानपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुन्छ।