दिपेन श्रेष्ठ / नवलपरासी

प्रश्नः दलालले मलाई टर्की पठाउँछु भनेर मसँग पासपोर्ट लिएर गयो। भिसा आयो। तर भिजिट भिसा रहेछ। मैले श्रम लिएर जान्छु भनेको मिल्दैन भन्छ। म के गर्ने होला ? अर्को पासपोर्ट लिएर विदेश जान मिल्छ कि मिल्दैन होला ?


 

उत्तरः दिपेन श्रेष्ठ जी, तपाईँको इच्छा विपरित म्यानपावरले भिजिट भिसामा पठाउन पाउँदैन। भिजिट भिसा भनेको काम गर्न जाँने भिसा होइन। यो भिसामा जाँदा गन्तव्य देशमा पुगेपछि अलपत्र परेका थुप्रै घटनाहरु छन्। त्यसैले तपाईँले दलाल विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ। तपाईँको पासपोर्ट दलालबाट फिर्ता गर्न विभागले नै सघाउछ। अर्को पासपोर्ट लिनुपर्ने आवश्यकता नै पर्दैन।