कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडी चलाउन रोक
जेठ ५, २०८२ सोमबार
कर्णबहादुर रावल / साउदी
प्रश्नः मेरो घर अछाम हो। म साउदी अरेविया आएको पाँच महिना भयो। तर अहिलेसम्म पनि काम पाएको छैन।
उत्तरः कर्णबहादुर जी, सबैभन्दा पहिला तपाईँले म्यानपावर कम्पनीसँग आफूले काम नपाउनुको कारण बुझ्नुहोस्। म्यानपावरले भनेको कुरा तपाईँलाई चित्त बुझेन भने साउदी अरेवियामा रहेको नेपाली दूतावासमा आफ्नो समस्या राख्नुहोस्। ०५०००५६५२९ नम्बरमा साउदीका लागि श्रम काउन्सीलर अम्बिका अधिकारीलाई सम्पर्क गर्नुहोस्। उहाँले तपाईँको समस्या समाधानका लागि सहजिकरण गर्नुहुनेछ।