राजेन्द्र प्रसाद लिङ्देन

प्रतिनिधिसभा सदस्य
झापा-३

(विजयी)

राष्ट्रिय प्रजातन्त्र पार्टी

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
५७
प्राप्त मत
४०६६२
लिङ्ग
पुरुष
हालको पद
अध्यक्ष, राप्रपा
शैक्षिक योग्यता
राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर

राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले २०३९ सालदेखि राजनीति सुरु गर्नु भएको हो । उहाँ राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
२०४९ र २०५४ सालको चुनावमा उहाँ झापाको गोलधापमा वडाध्यक्ष विजयी हुनुभयो । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएको थियो । २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो भएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुनु भएको थियो । २०७४ सालको चुनावमा उहाँ झापा क्षेत्र नम्बर ३ बाट विजयी हुनुभयो ।
२०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो । राप्रपाको महामन्त्री रहनु भएका लिङ्देन महाधिवेशनबाट चुनिएर अध्यक्ष हुनु भएको हो ।